पात्रो

रेडियो

समाचार खोजी

गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायली आक्रमणमा २० जनाको मृत्यु

साझा अर्थ संवाददाता २२ साउन २०८२, बिहिवार

गाजा, २२ साउन (रासस\क्युएनए) :   मध्यरातदेखि बिहीबार बिहानसम्म गाजा पट्टीका विभिन्न क्षेत्रमा भएका इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको छ ।    
    
 प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले मध्य गाजाको नुसिरात शिविरको पश्चिममा रहेको अल–साल्ही टावरको अपार्टमेन्टमा इजरायली सेनाले बम प्रहार गर्दा दुई बालिकासहित चार प्यालेस्टिनी मारिएको बताएको छ ।    
    
 गाजाको पश्चिममा रहेको अल–सती शरणार्थी शिविरको एउटा अपार्टमेन्टमा इजरायली हवाई आक्रमणमा अन्य चार जना मारिएको र अन्य धेरै घाइते भएको बताइएको छ ।    
    
 गाजाको उत्तरमा रहेको शेख रादवान छिमेकमा रहेको पारिवारिक घरमा इजरायली हवाई आक्रमणमा तीन प्यालेस्टिनी मारिएका छन् भने अन्य घाइते भएका छन्    
    
 गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसमा एक प्यालेस्टिनी पुरुष, उनकी श्रीमती र बच्चाहरू सहरको पश्चिममा रहेको पश्चिमी शिविरमा रहेको उनीहरूको घरमा आक्रमण गर्दा मारिएका थिए । सहरको पश्चिममा रहेको ड्रिम हल नजिकैको पालमा बम प्रहार हुँदा एउटी बालिकाको पनि मृत्यु भएको छ ।    
    
 खान युनिसको पश्चिममा विस्थापित व्यक्तिहरूको निवासमा इजरायली सेनाले ड्रोनमार्फत बम प्रहार गर्दा दुई प्यालेस्टिनी महिला पनि मारिएका थिए ।    
    
 मध्य गाजाको देइर अल–बलाह सहरमा गत राति इजरायली सेनाले लक्षित गरेपछि सहायताको प्रतीक्षामा रहेका पाँच प्यालेस्टिनी मारिएका छन् ।    

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु