पात्रो

रेडियो

समाचार खोजी

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

साझा अर्थ संवाददाता २१ साउन २०८२, बुधवार

नयाँदिल्ली, २१ साउन (रासस/एएनआई):   भारत–तिब्बत सीमा प्रहरी (आइटिबिपी) ले हिमाचल प्रदेशको किन्नेर जिल्लाको किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीलाई उद्धार गरेको छ ।    
    
आईटीबीपीको १७ औँ बटालियनका कर्मचारीले तीर्थयात्रीहरूलाई सुरक्षित रूपमा निकाल्न डोरीको सहयोगमा ‘ट्राभर्स क्रसिङ’ प्रविधि प्रयोग गरेर उद्धार अभियान सञ्चालन गरेको जनाइएको छ ।    
    
किन्नेर जिल्ला प्रशासनबाट प्रभावित क्षेत्रमा थप मानिसहरू फसेको चेतावनी प्राप्त भएपछि आइटिबिपी र एनडीआरएफ टोलीहरूलाई पुनः परिचालन गरियो र सघन खोजी र उद्धार कार्य जारी राखिएको छ ।    
    
आइटिबिपीले बाँकी सबै तीर्थयात्रीको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन र अन्य सम्बन्धित निकायसँग नजिकबाट समन्वय गर्दै सबै सम्भावित सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।    
    
यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मौसमी चेतावनी जारी गर्दै बिलासपुर, सोलन, सिमला, सिरमौर र मन्डी जिल्लाहरूमा तीव्र वर्षा र हिमाचल प्रदेशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ ।    
    
यसबाहेक चम्बा, काँगडा, हमिरपुर, उना, लाहुल र स्पिति, किन्नेर र कुल्लु जिल्लाका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।    
    
निरन्तरको भारी वर्षाले सिमलामा सामान्य जनजीवन प्रभावित भएको छ, जसले गर्दा जिल्लाका अधिकांश शैक्षिक संस्थाहरू बन्द भएका छन् ।    
    
राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसडिएमए) को रिपोर्ट अनुसार यस वर्ष जुन २० देखि अगस्ट ५ सम्म मनसुनी मौसममा हिमाचल प्रदेशमा १९४ जनाको मृत्यु भएको छ भने कैयो घाइते भएका र ठूलोे सङ्ख्यामा भौतिक संरचनामा क्षति भएको छ ।    

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु