पात्रो

रेडियो

समाचार खोजी

नेपाल राष्ट्र बैकले आज बैङ्किङ प्रणालीबाट ५० अर्ब रुपैयाँ खिच्दै

साझा अर्थ संवाददाता १८ साउन २०८२, आइतवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत ५० अब रुपैयाँ खिच्न लागेको छ । बजारमा तलरलता बृद्धि भएपछि राष्ट्रबैंकले ५० अर्ब बजारबाट खिच्न लागेको हो । 
तरलतामा बृद्धी भएपछि आज दिउँसो ३ बजे बोलकबोलबाट तरलता प्रशोचन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । लगानी योग्य रकम बैकहरुमा थुप्रिएपछि राष्ट्रबैंकले समय समयमा बैङ्किक प्रणालीबाट निक्षप संकलन उपकरण मार्फत प्रशोचण गर्ने गर्दछ । 
४२ दिने निक्षेप संकलन उपकरणमार्फत संकलित रकमको  भदौ २९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकको भनाई रहेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्रबैंकको भनाई रहेको छ ।

202 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्