पात्रो

रेडियो

समाचार खोजी

छ करोडमा अस्पताल भवन निर्माण

साझा अर्थ संवाददाता २६ असार २०८२, बिहिवार

म्याग्दी, २६ असारः अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु छ करोडमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले पाँच श्ययाको अस्पताल गर्न भवन निर्माण गरेको हो । 

वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो । नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको छ । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि  आवासको व्यवस्था गरिएको छ । भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनाी जग्गादान गर्नुभएको थियो । 

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ