पात्रो

रेडियो

समाचार खोजी

राप्ती हाइड्रोले हकप्रद सेयरको आवेदन म्याद असार २४ गतेसम्म लम्ब्यायो

साझा अर्थ संवाददाता २२ असार २०८२, आइतवार

राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेडले हाल खुला रहेको हकप्रद सेयर निष्कासनको अवधि असार २४ गतेसम्म लम्ब्याएको छ। कम्पनीले असार १ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको थियो, जसको अन्तिम म्याद सुरुमा असार २२ तोकिएको थियो।

कम्पनीले हाल कायम सेयरधनीहरूलाई एक बराबर एक (१:१) को अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य ६१ करोड २७ लाख रुपैयाँ बराबर हुन्छ। हाल कम्पनीको चुक्तापुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेकोमा हकप्रद सेयर निष्कासनपछि चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ।

केन्द्रीय निक्षेप प्रणाली कम्पनीका अनुसार हिजो साँझ ५ बजेसम्म ६६ हजार ५११ जना आवेदकले १८ लाख ७५ हजार १ सय ५० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जसको मूल्य करिब १८ करोड ७५ लाख रुपैयाँ बराबर हुन्छ।

यस हकप्रद सेयर निष्कासनको निष्कासन प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।बुक क्लोज मिति २०८२ जेठ ६ गते तोकिएको थियो। त्यस मितिभन्दा अगाडि कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता