पात्रो

रेडियो

समाचार खोजी

सागरमाथा लुम्बिनी बीमा कम्पनीलाई आइसीआरए नेपालबाट “ए” रेटिङ

समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम, ऋण जोखिम न्यून रहेको मूल्याङ्कन

साझा अर्थ संवाददाता १८ असार २०८२, बुधवार

सागरमाथा लुम्बिनी बीमा कम्पनी लिमिटेडलाई आइसीआरए नेपाल लिमिटेडले “ए” श्रेणीको इस्युअर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीले आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने पर्याप्त सुरक्षात्मक अवस्था रहेको र यसको ऋण जोखिम न्यून रहेको संकेत गर्दछ।

आइसीआरए नेपालद्वारा दिइने रेटिङहरूले कुनै विशेष ऋण उपकरणमा नभई कम्पनीको समग्र ऋण तिर्ने क्षमताको मूल्याङ्कन गर्ने गर्छ। इस्युअर रेटिङको श्रेणी “डब्ल्यू डब्ल्यू” देखि “सि” सम्म रहने गर्दछ, जसमा “प्लस” वा “माइनस” चिह्नमार्फत सोही श्रेणीभित्रको स्थान जनाइन्छ। उदाहरणका लागि, “ए प्लस” भनेको “ए” भन्दा एक स्तर माथि हो भने “ए माइनस” एक स्तर तलको सूचक हो।

सागरमाथा लुम्बिनी बीमा कम्पनीलाई प्रदान गरिएको “ए” रेटिङले कम्पनीको वित्तीय स्थिति सबल रहेको र समयमै आफ्नो दायित्व पूरा गर्ने क्षमतामा विश्वासिलो रहेको पुष्टि गर्दछ।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्