पात्रो

रेडियो

समाचार खोजी

राइजिङ हाइड्रोपावर प्रालिले आइपीओ जारी गर्ने

साझा अर्थ संवाददाता १७ असार २०८२, मङ्गलवार

काठमाडौं । राइजिङ हाइड्रोपावर प्रालिले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । प्राथमिक सेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
राइजिङ हाइड्रोपावर प्रालि र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच सेयर निष्काशनका लागि सम्झौता भएको छ ।
एक कार्यक्रमकाबीच राईजिङ हाइड्रोपावर प्रा.लि.का तर्फबाट अध्यक्ष शंकर बहादुर घिमिरे र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
संस्थागत परामर्श सेवा सहित आवश्यक पूँजी संरचना परिवर्तन परामर्श लिन तथा कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्य वमोजिम कार्य गर्न आवश्यक सहजिकरणको लागि सम्झौता गरिएको हो ।
राइजिङ हाइड्रोपावर कम्पनी प्रा.लि. को स्थापना २०६२ साल फागुन २२ गते भएको हो । सिन्धुपाल्चोकमा अवस्थित कम्पनीको प्रमुख आयोजना सेलाङ खोला साना जलविद्युत आयोजना (९९० किलोवाट) ले वार्षिक ६.७७ गीगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्दै आएको छ। यस आयोजनाको कमर्सियल अपरेशन डेट भदौ २ गते रहेको छ ।
कम्पनीले २०८१ साल चैत्र २७ गतेको साधारण सभाबाट प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत गर्न र आफ्नो नाम परिवर्तन गरी टेनेक्स हाईड्रो होल्डिङ लिमिटेडको नाम राख्ने प्रस्ताव पारित भएकोले उक्त नयाँ नामबाट कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरेको छ । आ.व. २०८२÷८३ भित्र सर्वसाधारणलाई सेयर निष्काशन गरी ४० करोड रुपियाँ चुक्ता पूँजी पु¥याउने कम्पनीले जनाएको छ ।

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु