पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा ‘रिलायबल समृद्धि योजना’ सूचीकरण, मंगलबारदेखि कारोबार सुरु हुने

साझा अर्थ संवाददाता ९ असार २०८२, सोमवार

काठमाडौं – आज रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच ‘रिलायबल समृद्धि योजना’ सूचीकरणको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौतापछि, प्रतिकित्ता रू. १० अंकित मूल्यमा १२ करोड कित्ता शेयर नेप्सेमा सूचीकरण गरिएको हो। यस कोषको सार्वजनिक निष्कासन (IPO) २०८२ सालको बैशाख ३ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो।

रिलायबल समृद्धि योजना (RSY) एक बन्दमुखी कोष हो, जसको कारोबार अब नेप्सेमा हुनेछ। कारोबार मंगलबारदेखि सुरु हुने अपेक्षा गरिएको छ। नेप्सेमा सूचीकरणपछि यो योजना 'RSY' संकेत चिह्न अन्तर्गत कारोबार हुनेछ। बैशाख २०८२ महिनाको लागि कोषको शुद्ध सम्पत्ति मूल्य (NAV) रू. ९.९६ रहेको छ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु