पात्रो

रेडियो

समाचार खोजी

नेप्से परिसूचक हरियालीमा फर्कियो, चार दिनपछिको सुधार

साझा अर्थ संवाददाता ९ असार २०८२, सोमवार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकांक आज हरियालीमा बन्द भएको छ। लगातार चार दिनको गिरावटपछि बजारले हल्का सुधार देखाउँदै आजको कारोबार सकारात्मक दिशातर्फ अग्रसर भएको हो। नेप्से सूचकांक आज ४.७८ अंकले वृद्धि भई ०.१८ प्रतिशतले उकालो लाग्दै २,६००.७६ विन्दुमा पुगेर बन्द भएको छ।

बजार आज २,६२८.८३ विन्दुबाट खुलेको थियो। दिनभरको उतारचढावबीच सूचकांकले २,६३१.८२ को उच्च बिन्दु छोएको थियो भने २,५९४.०१ को न्यूनतम बिन्दुमा पनि पुगेको थियो।

आजको कुल कारोबार रकम रु ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ पुगेको छ। सो अवधिमा १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच भएका छन्। ३२५ वटा कम्पनीको कारोबार हुँदा १२३ कम्पनीको मूल्यमा वृद्धि, १२४ को घटबढ र १ कम्पनी स्थिर रहेको छ।

लगातारको कमजोरीपछि आएको आजको सुधारले लगानीकर्तामा केही आशा दिएको देखिए पनि समग्र बजार धारणा अझै स्पष्ट छैन। आगामी दिनहरूमा बजारको दिशा सूचनामूलक विकास, नीति तथा नियामकीय निर्णय, र प्राविधिक विश्लेषणका आधारमा तय हुने संकेत देखिन्छ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता