पात्रो

रेडियो

समाचार खोजी

शुभश्री अग्नि सिमेन्टले धितोपत्र बोर्डसँग माग्यो आईपीओ निष्काशन अनुमति

साझा अर्थ संवाददाता ५ असार २०८२, बिहिवार

काठमाडाै: शुभश्री अग्नि सिमेन्ट उद्योग लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले परिपालना प्रतिवेदन सहित असार २ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले २ अर्ब २१ करोड १० लाख रुपैयाँ बराबरको २ करोड २ लाख १० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गरेको हो। शेयर निष्काशनको लागि माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक रहेको छ। बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ।

यस कम्पनीले प्युठान ब्राण्डमा ओपीसी र पीपीसी सिमेन्ट  उत्पादन गर्दै आएको छ। कम्पनीको दैनिक उत्पादन क्षमता १२ सय मेट्रिक टन रहेको छ।

142 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता