पात्रो

रेडियो

समाचार खोजी

सेयरबजारमा करेक्सन जारी, कारोबारमा पनि गिरावट

साझा अर्थ संवाददाता १३ भदौ २०८१, बिहिवार

बिहीबार सेयरबजारमा करेक्सन कायम रहँदा नेप्से परिसूचक ३६.८३ अङ्कले घटेर बन्द भएको छ ।

उतारचढावबीच बजार अन्त्यमा ३६.८३ अङ्कले घटेर २७४९.५७ अङ्कको विन्दुमा बन्द भएको हो । आज ४८ कम्पनीको सेयरभाउमा वृद्धि हुँदा १९३ कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । यस साता भरी नै करेक्सन भोगेको सेयरबजार बुधबार भने झिनो अङ्कले बढेको थियो ।

आज कुल १२ अर्ब २२ करोड २८ लाख २४ हजार ४८१ रुपैयाँ कारोबार हुँदा गुडविल फाइनान्सको सबैभन्दा उच्च कारोबार भएको छ । बुधबार सर्वाधिक कमाउने कम्पनीमा कुथेली बुखरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनी रहे । उक्त कम्पनीको सेयरभाउ १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो ।

यसैगरी आज सर्वाधिक गुमाउनेतर्फ थ्रीस्टार हाइड्रो र विन लघुवित्त रहे । ती कम्पनीको सेयरभाउ ५ प्रतिशत भन्दा बढीले घट्यो । उपसूचकतर्फ म्युचुअल फन्ड समूहको उपसूचक सर्वाधिक ०.१ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घट्यो ।

411 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता