पात्रो

रेडियो

समाचार खोजी

हिमालयन बैंकबाट संस्थापक शेयरधनी 'हबिब बैंक' बाहिरिने, २ करोड ८० लाख कित्ता शेयर बेच्ने

साझा अर्थ संवाददाता १ असार २०८२, आइतवार


काठमाडाै: हिमालयन बैंकको संस्थापक शेयरधनीको रुपमा रहेको पाकिस्तानको हबिब बैंक लिमिटेड आफ्नो सम्पूर्ण शेयर बेचेर हिमालयन बैंकबाट बाहिरिने भएको छ। हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण २ करोड ८० लाख १२ हजार ४ सय ४७ दशमलव ४५ कित्ता शेयर बिक्री गर्ने भएको हो।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ११२.८० रुपैयाँ कायम गरेको छ। यी शेयर खरिदको लागि हाल कायम संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्ने छन्। शेयर खरिद गर्न इच्छुक शेयरधनीलाई बैंकले ३५ दिन भित्र बैंकको कमलादी स्थित कानून शाखामा आवेदन दिन बैंकले आग्रह गरेको छ।

यदि सो समयसम्ममा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ।

208 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु