पात्रो

रेडियो

समाचार खोजी

हकप्रद नभर्दा लगानीकर्तालाई घाटै घाटा, कम्पनीलाई भने यसरी हुन्छ नाफा

साझा अर्थ संवाददाता १३ भदौ २०८१, बिहिवार

पछिल्लो समय ठूलो संख्यामा हाइड्रोपावर कम्पनीहरुले हकप्रद जारी गरिरहेका छन् । तर लगानीकर्ताहरुले भने त्यस्ता हकप्रद सेयरमा पनि निकै न्यून आवेदन दिने गरेका छन् ।

यसरी हकप्रद सेयरमा आवेदन नदिँदा लगानीकर्तालाई भने ठूलो घाटा लाग्ने गर्दछ । कारण हकप्रद घोषणा गरि बुक क्लोज भए पछि उक कम्पनीको सेयर मूल्य समायोजन हुने गर्दछ । लगानीकर्ताको भागामा परेको थप हकप्रद सेयरलाई १०० रुपैयाँ मूल्य कायम गरि साविकमा रहेको सेयर र जारी अनुपात अनुसार आउने सेयरलाई कुल जोडेर बुक क्लोज अघिको मूल्यलाई समायोजन गर्ने गरिन्छ ।

उदाहरणका लागि मानौं कुनै एक कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्यो । बुक क्लोज अघि उक्त कम्पनीको सेयर मूल्त २०० रुपैयाँ रहेको छ । अब साविकको एक कित्ता सेयर हुने लगानीकर्ताले थप एक कित्ता सेयर एक सय रुपैयाँ मै खरिद गर्न पाउनेछन् । उक्त थप एक कित्ता सेयरको मूल्य एक सय कायम गरि पुरानो एक कित्ताको बजार मूल्य दुई सय रुपैयाँ जोडेर उक्त दुई कित्ता सेयरको कुल मूल्य ३०० कायम गरिन्छ भने प्रति कित्ता सेयरको मूल्य १५० कायम हुन्छ ।

यसरी २०० रुपैयाँको सेयरको भाउ समायोजन भई एक सय ५० रुपैयाँ पुग्दा लगानीकर्तालाई ५० रुपैयाँ घाटा परिरहेको हुन्छ । तर हकप्रद बराबरको थप एक कित्ता सेयर नभरे लगानीकर्ताले मूल्य समायोजनको कुनै फाइदा उठाउन सक्दैनन् भने उनीहरुसँग हुने सेयर संख्या पनि बढ्न सक्दैन । बढिरहेको बजारमा पुन सेयर मूल्य समायोजन अघिकै लेभलमा पुग्दा पनि लगानीकर्ताले हकप्रद बेवास्ता गरेको देख्न सकिन्छ । उसो त हकप्रद सेयर लिस्टिङ भएपछि सेयर संख्यामा अत्यधिक वृद्धि भइ सेयरमूल्यमा उल्लेख्य गिरावट आउने गरेको देखिन्छ । तर पहिले नै सेयर मूल्य समायोजन भइसकेको हुँदा र थप कित्ता सेयर खरिद नगर्दा लगानीकर्तालाई अझ धेरै घाटा हुने देखिन्छ ।

लगानीकर्ताले हकप्रद नभरे कम्पनीलाई भने फाइदा पुग्ने गर्दछ । किनकी बिक्री नभएको सेयर कम्पनीले लिलामी बढाबढमार्फत बिक्री गर्न सक्दछ । यसरी बिक्री गर्दा कम्पनीले उक्त सेयरमा प्रिमियमसमेत पाउने हुँदा कम्पनीहरु लिलामी मार्फत नै सेयर बेच्न थप इच्छुक हुने गरेका छन् । लिलाम बढाबढ मार्फत बढेको सेयरले कम्पनीको रिजर्भ बढाई केही हदसम्म लगानीकर्तालाई नाफा पुगेपनि हकप्रदको नाम अनुसारको खास लाभ भने हकप्रद नभर्दा लगानीकर्ताले नपाउने देखिन्छ ।

333 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता