पात्रो

रेडियो

समाचार खोजी

चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

साझा अर्थ संवाददाता २९ जेठ २०८२, बिहिवार

पर्वत, २९ जेठ : चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र भइरहेको छ । ‘ट्र्याक’ खुलेको १५ वर्षपछि कालोपत्र थालिएको हो । 

   सङ्घीय सरकारद्वारा विनियोजित रु एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायत काम गत वर्षनै सम्पन्न भएकामा यस वर्षको बजेटले कालोपत्र मात्र गरिएको हो । यो बाटो भएर वालिङ–हुवास सडकसम्म पुग्न सर्वसाधारणलाई सहज भएको छ । 

   स्थानीय पूर्वाधार विकास कार्यालयका इञ्जिनियर रवीन पन्थीका अनुसार चालु आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम पूरा हुनेछ । 

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता