पात्रो

रेडियो

समाचार खोजी

बढ्दो बजारमा पनि ४७.६ प्रतिशतले मात्रै सब्स्क्राइब्ड भयो हिमालय उर्जाको हकप्रद

साझा अर्थ संवाददाता १२ भदौ २०८१, बुधवार

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले १:१ अनुपातमा जारी गरेको हकप्रद सेयरमा आवेदन दिने समय समाप्त भएको छ ।

उक्त हकप्रदमा बुधबार कार्यालय समयसम्म आवेदन दिने समय रहेकोमा कुल ४७ लाख १२ हजार ७१२ कित्ताका लागि ३० हजार ४२४ जनाले आवेदन दिएका छन् । कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १:१ अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले ९९ करोड रुपैयाँ बराबरको ९९ लाख हकप्रद सेयर निष्कासन गरेको थियो । यस हिसाबले कुल निष्कासनको केवल ४७.६० प्रतिशत मात्र आवेदन परेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ लिमिटेडलाई नियुक्त गरेको थियो । निष्कासनमा बिक्री नभएको बाकिँ ५२.४ प्रतिशत अर्थात ५१ लाख ८७ हजार २८८ कित्ता सेयर अब लिलामी मार्फत बिक्री गरिनेछ । 

457 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता