पात्रो

रेडियो

समाचार खोजी

राजनीतिक हल्लाले बिथोलियो बजार, १०० अङ्कको स्वीङ्गबीच ३.८ अङ्कले बढ्यो नेप्से

साझा अर्थ संवाददाता १२ भदौ २०८१, बुधवार

बुधबार उच्च उतारचढावबीच नेप्से परिसूचक ३.८ अङ्कले बढेर बन्द भएको छ ।

मध्यान्ह १२ बजेसम्म करिब ७५ अङ्कले बढिसकेको बजार अन्त्यमा भने केवल ३.८ अङ्कले बढेर २७८६.४ अङ्कको विन्दुमा बन्द भएको छ । आज १०९ कम्पनीको सेयरभाउमा वृद्धि हुँदा १९४ कम्पनीको सेयरभाउमा गिरावट आएको छ भने २२ कम्पनीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन उच्च अङ्कको गिरावट पछि सम्हालिन लागेको सेयरबजारमा मध्यान्हपछि विभिन्न राजनीतिक हल्ला चल्दा गिरावट हुन पुगेको लगानीकर्ताहरुले सामाजिक सञ्जालमा गुनासो गरेका छन् ।

आज कुल १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँ कारोबार हुँदा चन्दागिरी हिल्सको सबैभन्दा उच्च कारोबार भएको छ । बुधबार सर्वाधिक कमाउने कम्पनीमा लिवर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, माइखोला हाइड्रो र पिपुल्स हाइड्रोपावर कम्पनी रहे । उक्त कम्पनीको सेयरभाउ १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो ।

यसैगरी आज सर्वाधिक गुमाउनेतर्फ कर्णाली विकास बैंक, स्वरोजगार लघुवित्त र अप्पर सोलु हाइड्रो रहे । ती कम्पनीको सेयरभाउ ५ प्रतिशत भन्दा बढीले घट्यो । उपसूचकतर्फ लगानी समूहको उपसूचक सर्वाधिक १.०१ प्रतिशतले बढ्दा फाइनान्स उपसूचक सर्वाधिक १.६९ प्रतिशतले घट्यो ।

374 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता