काठमाडौंः धानमन्त्री केपि शर्मा ओली एकैपटक ६४ वटा सडक शिलान्यास गर्नु हुने भएको छ । आज मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित विशेष कार्यक्रमका विच ओलीले ति सडको शिलान्यास गर्नु हुने भएको हो ।
जनकपुरधाममा आईतवार एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । निधी भवनमा डिजिटल प्रविधीबाट एकैपटक मधेशको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक–एक सडक गरि ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको भनाई रहेको छ । कुल ३२० किलोमिटर सडक तिन आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । साढे ५ मिटर चौडाई भएका उक्त सडकहरुको निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने अनुमान छ ।
साझा अर्थ संवाददाता