पात्रो

रेडियो

समाचार खोजी

लगानी बोर्डबाट स्वीकृति लिएर नेपालीले विदेशमा लगानी गर्न सक्ने

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

सरकारले नेपालीलाई विदेशमा लगानी खुला गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । यसका लागि कानुनी व्यवस्थासमेत गरिने भएको हो ।

नेपाली व्यवसायी वा कम्पनीलाई बिक्री शाखा र प्रशोधन शाखा खोल्नसमेत दिइनेछ । सरकारले नेपाली उद्यमीले निर्यातबाट प्राप्त गर्ने २५ प्रतिशतसम्म आम्दानी विदेशमा लगानी गर्न खुला गर्ने भएको हो ।

त्यसबाट प्राप्त हुने ५० प्रतिशत आम्दानी भने नेपालमै भित्र्याउनुपर्नेछ । त्यस्तै, विदेशमा लगानीसम्बन्धी कार्य लगानी बोर्ड नेपालबाट हुनेछ ।

74 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता