पात्रो

रेडियो

समाचार खोजी

स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा ३ प्रतिशतमा

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

काठमाडौं । सरकारले स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा स्वरुप तीन प्रतिशत ब्याजदमा ऋण उपलब्ध गराउन ७३ करोड छुट्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘काम खोज्ने होइन, काम दिने युवाको संख्या वृद्धि गर्न नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता प्रवद्र्धन गरिनेछ । जेनजी पुस्तालाई उद्यमशील बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्कुभेसन सेन्टर सञ्चालन गरिने छ,’ पौडेलले भने, ‘स्टार्टअप उद्यमीलाई सहुलियतपूर्ण कर्जा स्वरुप तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ७३ करोड छुट्याइएको छु ।’
204 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्