पात्रो

रेडियो

समाचार खोजी

रघु गंगा गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु

साझा अर्थ संवाददाता १० जेठ २०८२, शनिवार


म्याग्दी (बेनी, १० जेठः म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो । शुक्रवार धार्मिक विधि पूर्वक पूजा आजासहित गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ ।    
    
 गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ माविनियोजन गरेको रु दुई करोड बजेटबाट प्रशासकीय भवन निर्माण सुरु गरेको हो । मातृभुमी डेभलपर एन्ड इन्जिनियरिङ प्रालिले रु एक करोड ३१ लाख ९८ हजारमा ठेक्का सम्झौता गरेर कार्य क्षेत्रमा परिचालन भएको छ ।    
    
 दुई वर्षमा भवन निर्माणकार्य सम्पन्न गर्ने लक्ष्यसहित भवनको शिलान्यास गरी निर्माणकार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँकाअनुसार, रु नौ करोड ४० लाख ४४ हजार ९५० लागत अनुमान गरिएको भवन निर्माणको लागि थप बजेटका लागि गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारमा प्रस्ताब पेश गरिएको छ ।    
    
 गाउँपालिकाले ६ वर्ष अघिदेखि प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापनको काम सुरु गरेको थियो । “करोडौँ मूल्य पर्ने जग्गालाई समुदायबाट निःशुल्क उपलब्ध भएको छ, गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुनुमा जग्गाधनीको ठूलो योगदान छ, हामीले पालिकाको सेवालाई सरल र सहज बनाउन पालिकालाई पूर्वाधारयुक्त बनाउनका लागि भवन बनाउने गौरबको योजना अघि बढाएका हौँ,” गाउँपालिकाअध्यक्ष भण्डारीले भन्नुभयो ।    
    
 यसवर्ष भवनको जगबसालेर स्टक्चर र पहिलो तला ढलानको काम सम्पन्न हुने गाउँपालिकाका सिनियर सब इञ्जिनियर कमलबहादुर चोखालले बताउनुभयो । तीन तलामा ३३ वटा कोठा र सभाहलसहितको सुविधा सम्पन्न भवन निर्माका लागि जग्गा सम्माएर जगबसाउने काम सुरु भएको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायिले भवन निर्माणका लागि आवश्यक पर्ने निर्माण सामाजिक र उपकरणको बन्दोबस्तसँगै जनशक्ति कार्यक्षेत्रमा परिचालन गरेको जनाएको छ ।    
    
 रघुगंगा गाउँपालिकालाई समुदायबाट २७ जनाले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । करोडाँै मुल्य पर्ने जग्गा गाउँपालिकाको भवनको लागि निःशुल्क उपलब्ध भएपछि दुई वर्षअघि गाउँपालिकाले निर्माण गरेको बहुउदेश्यीय भवनबाट सेवाप्रवाह गर्दै आएको छ । बहुउदेश्यीय भवनलाई कर्मचारी आवास गृहको रूपमा उपयोग गर्ने र सुविधा सम्पन्न भवन निर्माण गरेर नागरिकलाई सरल र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले प्रशासकीय भवन निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।    
    
 गाउँपालिकाको भवन निर्माण प्रयोजनका लागि २७ जना जग्गा धनीको २५ रोपनी जग्गा एकीकरण गरी प्लटिङ गरीएको थियो । जग्गा व्यवस्थापनकार्य विधिअनुसार, करिब १४ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गरिएको छ भने जग्गा धनीलाई छ रोपनी जग्गा घडेरीको रूपमा फिर्ता गरिएको छ । बाँकी जग्गालाई उपयोग गरी पालिकाको वरिपरी आठ मिटर फराकिलो सडकको चक्रपथ बनाइएको छ ।     (रासस)    

219 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता