पात्रो

रेडियो

समाचार खोजी

समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्षद्वारा शपथग्रहण

साझा अर्थ संवाददाता ९ जेठ २०८२, शुक्रवार

 

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नवनियुक्त अजयकुमार मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन्।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत सेवा दिँदै आएको छ। मोबाइल बैंकिङ, डेबिट कार्ड, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, क्युआर कोडजस्ता डिजिटल सुविधाहरूसमेत प्रदान गरिरहेको छ।
 

241 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता