छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले १ः१ को अनुपातमा ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। असार १२ गतेसम्म आवेदन दिन सकिने शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
साझा अर्थ संवाददाता