काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका बिमितहरुले ‘सावधिक तथा आजीवन बीमालेख’मा बिमितको बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउने भएका छन् । त्यसैगरि ‘सावधिक जीवन बीमालेख’का बिमितले न्यूनतम ४५ रुपियाँदेखि अधिकतम ६२ रुपियाँसम्म बोनस दिने कम्पनीले घोषणा गरेको छ । ‘बालबालिकाको सावधिक जीवन बीमालेख’मा योजनामा न्यूनतम ४२ रुपियाँदेखि ५२ रुपियाँसम्म बोनसदर पाउनेछन् ।
सामूहिक सावधिक, नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ, भविष्य निधि बीमालेखका बिमितले प्रतिवर्ष न्यूनतम ४४ रुपैयादेखि अधिकतम ५५ रुपैयासम्म प्रतिहजारका दरले बोनस पाउनेछन् ।
त्यस्तै ‘अग्रीम भुक्तानी सावधिक जीवन बीमालेख’मा बीमा अवधिअनुसार न्यूनतम ५० देखि अधिकतम ७० रुपैयासम्म, बाल उच्च शिक्षा बीमालेखमा ४२ देखि ५० रुपैयासम्म बोनसदर दिने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले एशियन सावधिक प्लस, १५ वर्षे अग्रिम भुक्तानी सावधिक प्लस, सुखी जीवन प्लस, वार्षिक भुक्तानी बीमालेखमा रिभर्सनी बोनस ३८ दखि ५६ रुपैयसम्म र टर्मिनल बोनस सबै बीमा अवधिमा समान ६ रुपैयाँ दिने घोषणा गरेको छ ।
उल्लिखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखहरूमा लागू हुने र अर्को बोनसदर घोषणा नभएसम्म यही बोनसदर लागू हुने पनि कम्पनीले जनाएको छ।
साझा अर्थ संवाददाता