पात्रो

रेडियो

समाचार खोजी

९० मेगावाटको मस्याङ्दी नदीमा कुमारी बैंकको अगुवाइमा १५ अर्ब १८ करोड लगानी हुने

साझा अर्थ संवाददाता १ जेठ २०८२, बिहिवार

 
मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैकको अगुवाइमा ऋण लगानी हुने भएको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहँुको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एमए पावर प्रालिले ९० मेगावाटको जलविद्युत् आयोजना गर्दै छ । बुधबार लगानी सम्झौतामा एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैक, प्रभु बैक, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकले संयुक्त रूपमा १५ अर्ब १८ करोड ७५ लाख लगानी गर्नेछ । कम्पनीमा स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै, डोल्मा इम्प्याक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशतसम्म स्वपुजी लगानी रहने कम्पनीका अध्यक्षले बताए । यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलविद्युत् आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ । 
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० साल कात्तिक ०१ गते विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी) २०८६ साल वैशाख २२ रहेको छ । 
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताएका छन् । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनमा २२०÷१३२ केभीमा जोडिनेछ ।

272 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता