पात्रो

रेडियो

समाचार खोजी

तीन जीवन लघुबिमा कम्पनीको नाफा ३३१ प्रतिशत बढ्यो

साझा अर्थ संवाददाता ३१ वैशाख २०८२, बुधवार

 चालु आवको तेस्रो त्रैमाससम्म नेपाला सञ्चालित तीन जीवन लघुबिमा कम्पनीको नाफा ३३१ प्रतिशतले बढेको छ । चालू आवको नौ महिनामा भने उनीहरूले चार करोड ६८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुको कुल नाफा एक करोड आठ लाख ६९ हजार रुपैयाँ थियो ।  त्यसमा गार्डियन माइक्रो लाइफले मात्रै दुई करोड ७४ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरी, क्रेस्ट माइक्रो लाइफले एक करोड पाँच लाख ३३ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ८९ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्