पात्रो

रेडियो

समाचार खोजी

अपि पावर कम्पनीको नाफा सात गुणा बढ्यो

साझा अर्थ संवाददाता ३० वैशाख २०८२, मङ्गलवार

अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ३५ करोड ३४ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीेले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात गुणा बढी हो ।  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४८ लाख मात्रै थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट अघिल्लो आवको तुलनामा २५ प्रतिशत बढी १ अर्ब १९ करोड ९७ लाख आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ९५ करोड १८ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीको ब्याज खर्च ४६ करोड ९३ लाखबाट घटेर ४५ करोड ८८ लाख कायम भएको छ । त्यस्तै कम्पनीले गरेका लगानीको फेयर भ्यालु गेन बढेर २२ करोड ४४ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४।२५ रुपैयाँबाट बढेर ७।७६  रुपैयाँ पुगेको छ भने प्रति शेयर  नेटवर्थ १०५।२० रुपैयाँबाट बढेर १०९ रुपैयाँ ८५ पैसा पुगेको छ।

 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता