पात्रो

रेडियो

समाचार खोजी

११.५३ अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा रोकिएको छ ।
आइतबार नेप्सेमा कुल १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । होटल समूह आज सर्वाधिक अर्थात ६.५० प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.२७ प्रतिशत,जीवन बीमा ०.३१,निर्जीवन बीमा ०.०६ र व्यापार समूह ०.२० प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.७२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५१, हाईड्रोपावर १.२६,लगानी १.५५,उत्पादन तथा प्रशोधन ०.३९,लघुवित्त ०.०९,म्युचुअल फण्ड ०.२८ र अन्य समूह १.५८ प्रतिशतले घट्यो ।  आइतबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ओम मेगाश्री कम्पनीको ९.९८ प्रतिशतले बढेको छ ।

 

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता