पात्रो

रेडियो

समाचार खोजी

भुगोलका कारण विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा नेपाल

साझा अर्थ संवाददाता २६ वैशाख २०८२, शुक्रवार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपदका दृष्टिमा उच्च जोखिममा रहेको बताउनुभएको छ ।
श्रीलंकाको कोलम्बोमा आयोजित एकिकृत वहुपक्षीय जोखिम पुर्वचेतावनी सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले नेपाल तराईको समथर भुभाग देखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भुगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी, पहिरो खडेरी, शीतलहर, चट्याङ, हिमताल विस्फोट जस्ता घटनाका कारण ठूलो क्षति, पुर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताउनुभयो ।
कृषि मन्त्री अधिकारीले जोखिम सम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिबृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पुर्याउने कार्यमा नेपाल प्रतिबद्घ रहेको उल्लेख गर्नुभयो ।
“जलवायु परिवर्तनले जोखिमहरुको आबृति र अनिश्चितता झन बढाएको उल्लेख गर्दे यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको छ ।” मन्त्री अधिकारीले भन्नुभयो ।
जलवायु उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणालीका लागि सदस्य राष्ट्रहरु बीच साझा दृष्टिकोण र सहकार्यमा नेपालले जोड दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । श्रीलंका सरकार र क्षेत्रीय एकिकृत बहुजोखिम पुर्व चेतावनी प्रणाली (रिमेस) को संयुक्त आयोजनामा अफ्रिकी र एसियाली मुलुकहरुमा जोखिम र जोखिम पुर्वको पुर्व सुचना र एकिकृत प्रयासका सम्बन्धमा सम्मेलनमा छलफल भएको छ ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता