पात्रो

रेडियो

समाचार खोजी

मधेस प्रदेशका मुख्यमन्त्री लाई विश्वासको मत

साझा अर्थ संवाददाता २२ असार २०८१, शनिवार

काठमाडौ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । उहाँले ६७ मत प्राप्त गर्दै विश्वासको मत प्राप्त गर्नु भएको हो ।

प्रदेश सभामा उपस्थित एकसय एक जनाले मतदान गरेकोमा उहाँको पक्षमा ६७ जना तथा विपक्षमा ३४ जनाले मतदान गर्नु भएको थियो । 

मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभासदस्यले मतदान गर्नुभएको थियो भने  जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टीका सांसदहरुले विपक्षमा मतदान गर्नुभएको थियो ।

245 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्