पात्रो

रेडियो

समाचार खोजी

दोहोरो अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता २५ वैशाख २०८२, बिहिवार

 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंक १२.०४अंकले घटेर २ हजार ६६१.६४ विन्दुमा रोकिएको छ । बिहीबार कारोबारमा आएकोमा १५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । बजार घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, च्याङ्दी हाइड्रो, ओमश्री फार्मास्यूटिकल्स, आइसीएफसी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । तर,  नारायाणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको शेयर मूल्यमा ४ प्रतिशतदेखि ७ प्रतिशतसम्मले घटेको छ । आज ३ करोड कित्ता शेयर किनबेचहुँदा ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार गर्ने कम्पनीमा न्यादी ग्रुप पावर, सानिमा मई हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी र राधि विद्युत कम्पनीको ४३ करोड ३९ लाख रुपैयाँदेखि ७८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

 

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता