काठमाडौं घाटामा रहेको श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको चैत मसान्तसम्म कम्पनी ८ लाख २८ हजार रुपैयाँ घाटामा थियो । यसको विद्युत बिक्रीबाट भएको आम्दानी ५९ करोड ७६ लाख रुपैयाँबाटबढेर ६५ करोड ७४ लाख पुगेको छ । बित्तिय खर्चमा पनि धेरै सुधार आएको छ । समिक्षा अवधिमा वित्तीय खर्च ४२ करोड ३२ लाखबाट घटेर ३२ करोड १८ लाख कायम भएको छ । आम्दानी बढ्दा र खर्च कम हुँदा नाफामा सुधार आएको हो । कम्पनीको प्रतिसेयर आम्दानी ४.(२७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ७७.४१ रुपैयाँ छ ।
साझा अर्थ संवाददाता