पात्रो

रेडियो

समाचार खोजी

बहुराष्ट्रिय उद्योगले देखाए यस्ता समस्या

साझा अर्थ संवाददाता २४ वैशाख २०८२, बुधवार

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरूले उद्योग सञ्चालनका क्रममा आधादर्जन समस्या भोग्नुपरेको बताएका छन् । युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीसहितको प्रतिनिधिमण्डल र नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सुनील केसीबिच मंगलबार भएको भेटवार्तामा बहुराष्ट्रिय कम्पनीहरूले भोग्नुपरेका समस्यामा छलफल गरेका छन् ।

छलफलमा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले लगानीबापतको लाभांश फिर्ता ९रिप्याट्रिएसन०को समस्या भोगेको बताएका छन् । कच्चा पदार्थ आयातमा तयारी वस्तुको भन्दा भन्सार महसुल बढी तिर्नुपरेको गुनासो छ । जबकि, तयारी वस्तुको भन्दा कच्चा वस्तुको भन्सार दर कम्तीमा एक तह कम हुनुपर्ने विश्वव्यापी मान्यता रहेको छ । बहुराष्ट्रिय कम्पनीले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर विश्वव्यापी मान्यताबमोजिम हुनुपर्ने धारणा राखेका छन् । 

बहुराष्ट्रिय कम्पनीमा कार्यरत उच्चपदका कर्मचारीको पारिश्रमिकको ३० प्रतिशत नेपालमै खर्च गरिनुपर्ने सीमा, प्याकेजिङ सामग्रीको अन्तःशुल्कमा क्रेडिट सुविधा उपलब्ध गरिनुपर्ने, बैंक ग्यारेन्टीका सन्दर्भमा अस्थिर नीतिका कारण वितरक कम्पनीहरूले भोग्नुपरेका समस्या र व्यापार ट्रेडिङको परिभाषाका कारण सिर्जित समस्याबारे छलफल भएको थियो ।

छलफलबाट उक्त समस्या निराकरणमा संघको भूमिका एवं अगुवाइले महŒवपूर्ण रहने र सो सम्बन्धमा संघले आवश्यक पहल गरी नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीलगायत अन्य उद्योगका समस्या पनि समाधान गर्न उद्योगसँग सहकार्य गरी अघि बढ्ने सहमति भएको बताइएको छ । 

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता