पात्रो

रेडियो

समाचार खोजी

नेपाल म्युजिक फेस्टिवल २०२५ साउदी अरविया जुबेलमा हुदै

साझा अर्थ संवाददाता २२ वैशाख २०८२, सोमवार
 
नेपाली कला संस्कृतिको उत्थान तथा  पाँचथर हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको स्तरोन्नति को लागि  के . आई. ग्रुपले आगामी जुन ६ मा साउदी अरबको  जुबेलमा  साँगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।  संचालक श्रीप्रसाद यवा का अनुसार  कार्यक्रम अल हुमैदान हल ( लुलु हाईपर मार्केटको पछाडि पट्टी) मा हुनेछ । कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरु  रचना रिमाल, प्रिती आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम को साथमा प्रिती पासवान नृत्य  रहने छ । 
 
 बिगत १५ बर्ष देखि साउदी अरेबिया को जुबेल स्थित आफ्नो रेस्टुरेन्ट   के. आई, हिमालयन किचन, के. आई, फेन्सी , के. आई, ट्राभल को व्यबसाय गर्दै आएका   के.आई.ग्रुपका अर्का संचालक   श्री. ओम प्रसाद फुयाँल तथा  ईश्वर  काप्रीका अनुसार  सामाजिक कामहरूमा समेत संस्था सक्रिय रहेको बताए ।  l देव धिमालले कार्यक्रमको संयोजन गरेका छन ।   पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिका को यवा मार्गको १० किलोमिटर बाटो आफनै ब्यक्तिगत लगानीमा बनाएका श्री प्रसाद यवा ले यस्ता कार्यक्रमहरुबाट हुने आम्दानीबाट सामाजिक कामहरू निरन्तर गरिरहेका छन  । उनका अनुसार कार्यक्रमको टिकट  साउदी अरबको  जुबेल, दमाम, र खोबरको  नेपाली  सम्पूर्ण होटलहरुमा उपलब्ध गराइएको छ l
 

 

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता