पात्रो

रेडियो

समाचार खोजी

शिक्षा विद्येयक यही अधिवेशनाट पारित हुने

साझा अर्थ संवाददाता १९ वैशाख २०८२, शुक्रवार

काठमाडौं । सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यसै अधिवेशनबाट पारित गर्ने भएको छ। शिक्षा बिद्येयक पारित गर्न शिक्षकहरुले राजधानी केन्द्रित गरेर करिब एक महिना गरेको आन्दोलनपछि सरकारले बिद्येयक पारित गर्ने प्रतिबद्धता जनाएको थियो ।

 राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८२÷०८३ को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै शिक्षा विधेयक पारित गर्ने बताएका हुन्।

उनले भने, ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यसै अधिवेशनबाट पारित गरिने छ, शिक्षालाई सर्व सुलभ, गुणस्तरीय र जीवनउपयोगी बनाइने छ, त्यसैअनुसार पाठ्यक्रम पनि बनाइने छ।’

यस्तै उनले सबै बालबालिकाहरूलाई आधारभूत शिक्षाको पहुँचमा ल्याउने समेत उल्लेख गरे ।

244 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता