पात्रो

रेडियो

समाचार खोजी

नेपालीको प्रतिव्यक्ति आय बढेर १५ सय १७ डलर पुग्यो

साझा अर्थ संवाददाता १७ वैशाख २०८२, बुधवार

काठमाडौं । नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएर १५ सय १७ अमेरिकी डलर पुगेको छ  ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानमा औसत आय ५० डलर बढेको हो । गत वर्ष प्रतिव्यक्ति आय १४ सय ६७ डलर रहेको थियो ।  त्यस्तै, चालु आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँमा पुग्ने अनुमान गरिएको छ। तर, समग्र आर्थिक वृद्धिदर भने ३।९९ प्रतिशतमा सीमित हुने देखिएको छ।

तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका केही प्रमुख क्षेत्र सकारात्मक हुँदै गएका छन्। तर, थोक तथा खुद्रा व्यापारमा खासै वृद्धि नहुनु, शिक्षा क्षेत्रमा मूल्य अभिवृद्धिदर न्यून रहनु, र रियल स्टेट कारोबारमा सुस्त वृद्धि हुनुका कारणले लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल नहुने अनुमान गरिएको हो।

निर्माण क्षेत्रले भने अघिल्लो वर्षको तुलनामा केही सुधार देखाएको छ। गत वर्ष १.२७ प्रतिशतले मात्रै बढेको यो क्षेत्र चालु वर्ष २.०९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। त्यसैगरी, घरजग्गा तथा रियलस्टेट कारोबारमा २।४३ प्रतिशतबाट २।७२ प्रतिशतको सामान्य वृद्धि हुने देखिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले अर्थतन्त्रले बिस्तारै लय समात्न थालेको र आगामी आर्थिक वर्षदेखि सुधारको गति अझ तीव्र हुने आशा व्यक्त गरेको छ।

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु