पात्रो

रेडियो

समाचार खोजी

१४ औ पटक खरिद नियमावली संशोधन, १५ सय ठेक्काको म्याद थप हुने

साझा अर्थ संवाददाता १६ वैशाख २०८२, मङ्गलवार

 सरकारले १४औँपटक सार्वजनिक खरिद नियमावली संशोधन गर्दै १५ सय भन्दा बढी सम्झौता अवधि सकिएको ठेक्काको म्याद थप गर्ने सुविधा दिएको छ ।  

यस्तो सुविधा दिएको हो । निर्माण व्यवसायीले नियमावली सुरु भएको ३० दिनभित्र सार्वजनिक निकायमा म्याद थपको निवेदन दिन सक्ने उल्लेख गरिएको छ । बाँकी काम सक्न लाग्ने अवधिका आधारमा म्याद थप गर्न सक्ने संशोधित नियमावलीमा उल्लेख छ ।

म्याद थपको सुविधाले कामको भुक्तानी नपाइरहेका वेलामा राहत पुग्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । म्याद थपबाट सरकारी निकायहरूबाट १० अर्बभन्दा बढीको भुक्तानी हुने उनको भनाई छ ।  

त्यस्तै, नेपाली कम्पनीसँग संयुक्त उपक्रम ९जेभीमा० ठेक्का प्रक्रियामा भाग लिन निर्माण कार्यको लागत अधिकतम १२ अर्ब हुनुपर्ने भएको छ । यसअघि १० अर्बसम्म लागत अनुमान भएका निर्माण कार्यमा मात्रै विदेशी कम्पनीले जेभी गर्न पाउने व्यवस्था थियो । 

त्यस्तै, निर्माण व्यवसायीको योग्यताका आधारमा पनि संशोधन गरिएको छ । अब दुई करोडदेखि १० करोडसम्मको खरिद कार्यमा लागतअनुमानको कम्तीमा ४० प्रतिशत रकमबराबरको एउटा र १० करोडभन्दा बढीको खरिदमा लागतअनुमानको कम्तीमा ६० प्रतिशत रकमबराबरको एउटा निर्माण सम्पन्न गरेकोमा योग्यता पुग्ने उल्लेख छ । यसअघि पाँच करोडसम्मको खरिद कार्यमा लागत अनुमानको कम्तीमा ४० प्रतिशत र पाँच करोडभन्दा बढीको काम सम्पन्न गरेका आधारमा योग्यता निर्धारण हुने उल्लेख थियो । 

  

454 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता