दोलखाः गौरिशंकर गाउँपालिका वडा नम्बर नौ डोगाङमा बाढी र पहिरोका कारण एक जना बेपत्ता हुनाका साथै तीनवटा होटल पूर्ण रुपमा क्षति भएका छन् । शुक्रवार राति रोलवालिङ क्षेत्रमा परेको भिषण वर्षा तथा बर्षा पछि आएको बढी र पहिरोको कारण सो क्षति भएको हो ।
डोगाङका होटल ब्यावसायी जाङमु शेर्पा सम्पर्क विहिन हुनु भएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनु भएको छ । डोगाङका तीनवटा होटल पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष शेर्पाको भनाई रहेको छ । उद्धार तथा खोजकालागि प्रहरी घट्ना स्थलतर्फ जाँदै गरेको तथा विस्त्रित विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

तस्विरः वडाध्यक्ष ङिमगेली शेर्पाको फेसबुकबाट
साझा अर्थ संवाददाता