पात्रो

रेडियो

समाचार खोजी

इ सेवाको एक लाख जित्ने अफर

साझा अर्थ संवाददाता १० वैशाख २०८२, बुधवार

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले नयाँ अफर ल्याएको छ ।

इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०८२ साल वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।  अवधिभर इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् भने एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन् ।

यो अफर अन्तर्गत क्युआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर ९बैंक ट्रान्सफर० गर्ने तथा क्युआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर ९सहकारी डिपोजिट० गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि स्वतः योग्य हुने कम्पनीले जनाएको छ ।

इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदार रहेका छन् । सहज ट्रान्सफरसँगै प्रयोगकर्ताहरूले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, तथा एजेन्ट सेवा जस्ता माध्यमबाट सहज र सुरक्षित रूपमा इसेवामा रकम लोड गर्न सक्छन् ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु