पात्रो

रेडियो

समाचार खोजी

बागमतीमा मुख्यमन्त्री लामाको नेतृत्वमा बजेट निर्माण कार्यदल गठन

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार


 
  बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट निर्माणका लागि कार्यदल बनाइएको छ । मुख्यमन्त्री बहादुर लामा तामाङको नेतृत्वमा कार्यदल बनाइएको हो ।
कांग्रेस संसदीय दल बागमती प्रदेशको कार्यलयमा सोमबार बसेको सत्तारुढ दलको बैठकले नीति कार्यक्रम र बजेट निर्माणका लागि कार्यदल बनाउने निर्णय गरेको हो । मुख्यमन्त्री लामा संयोजक रहेको कार्यदलमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल र सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ रहेका छन् । 

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ