पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंकको एपबाट टपअप गर्दा आइफोन १६ जित्ने योजना

साझा अर्थ संवाददाता ५ वैशाख २०८२, शुक्रवार

कुमारी बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ १’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले आइफोन १६ जित्न सक्नेछन् । साथै, हरेक हप्ता सयजनालाई १०० रुपैयाँबराबरको मोबाइल रिचार्ज उपहार दिइने बैंकले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले कम्तीमा सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सयको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यो प्रक्रियालाई पूरा गरेपछि मात्रै ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य हुनेछन् । 

३१ वैशाखसम्म सञ्चालन हुने उक्त योजनामा सहभागीमध्येका एकजना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप आइफोन १६ जित्न सक्नेछन् । यस योजनाले ग्राहकलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नुका साथै मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गरी डिजिटल बैंकिङ सेवालाई सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैंकले राखेको छ ।

बैंकले देशभरका तीन सय दुई शाखा सञ्जाल, तीन सय १६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा दिँदै आइरहेको छ ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु