काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई अझ सहज बनाउने उद्देश्यका साथ थुप्रै उपयोगी सुविधाहरूसहित डिजाइन गरिएको सेल्फ सर्भिस एप हो । एनसेल एपमार्फत रु. १०० देखि रु. २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी बोनस डेटा प्राप्त गर्दछन् । यस्तै, रु. २०० वा सोभन्दा माथिको अनलाइन रिचार्ज गर्दा ३ दिनको लागि मान्य रहने ५०० एमबी बोनस डेटा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा डेटा बोनस लागू हुँदैन ।
एनसेल एपमार्फत प्रयोगकर्ताहरूले सजिलै डेटा वा भ्वाइस प्याक, सधैं अन प्याकहरु, सधैं अन रिन्यूअल प्याकहरु लिन, अन लाइन रिचार्ज गर्न सक्छन्, आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्छन्, डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सक्छन् । साथै ग्राहकले प्याकहरु उपहारको रूपमा पठाउन सक्छन्, र अरू धेरै सुविधाहरू उपयोग गर्न सक्छन् ।
अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेमहरू, अनलाइन समाचारहरूको उपलब्धता, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत थुप्रै सेवाहरू समावेश छन् ।
विभिन्न उदेश्यले छिटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरुका लागि पनि एनसेल एप एक प्रभावकारी सेल्फ सर्भिस एप हो, जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्दछ । एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी विभिन्न सुविधाहरूको लाभ लिन सक्छन्।
साझा अर्थ संवाददाता