सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले १:०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २७ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। हकप्रद शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि वैशाख ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख ४ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् ।
साझा अर्थ संवाददाता