पात्रो

रेडियो

समाचार खोजी

एनआइसी एसियाको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन१६’ योजना

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ्ग सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहक महानुभावहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन१६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन१६ जित्न सक्नुहुनेछ । 

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग एप (मोबैंक) मार्फत रु. १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहक महानुभावलाई विजेता घोषणा गर्दै आईफोन१६ प्रदान गरिनेछ । यो योजना वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । 

227 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु