पात्रो

रेडियो

समाचार खोजी

पठाओ नेपालमा अब गाडी पनि भाडामा लिन सकिने

साझा अर्थ संवाददाता ३१ चैत २०८१, आइतवार

पठाओ नेपालले ‘रेन्टल’ सुविधा पनि उपलब्ध गराउने भएको छ । पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरू गरेसँगै अब कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म भाडामा लिन सकिने भएको हो । कम्पनीका अनुसार अब प्रयोगकर्ताहरूले मोबाइल एपमार्फत नै कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म सहजै बुक गर्न सक्नेछन् । यस सेवामा प्रयोगकर्ताले कम्तीमा एक घण्टा अगाडी वा बढीमा सात दिनअघि नै गाडी बुक गर्न सक्ने छन् । विवाह, पिकनिक, पर्यटन तथा कार्यालयको प्रयोजनका लागि आवश्यकता अनुसारका गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सवारी बुक गर्दा प्रयोगकर्ताले आफैँले भाडा प्रस्ताव समेत गर्न सक्नेछन् भने दुवै पक्षबीच सहमतिपछि यात्रा सुनिश्चित हुनेछ ।

निर्धारित भाडामा सडक दस्तुर, पार्किङ, इन्धन र रातको बसाइँ लगायतका सबै खर्च समेटिनेछ । कम्पनीका अनुसार प्रयोगकताले २४सैँ घण्टा गाडी बुक गर्न सक्नेछन् । यस सेवामा पनि बीमाको सुविधा उपलब्ध गराइएको छ।

सेवाग्राहीले पठाओ एपमा दिइएको फोन नम्बरमा सम्पर्क गरेर पनि गाडी बुक गर्न सक्नेछन् ।

‘पठाओ रेन्टल सेवा यात्रुहरूको सहजता र पठाओका चालकका लागि अतिरिक्त आम्दानीको अवसरका लागि ल्याइएको हो’, कम्पनीका प्रबन्ध निर्देशक बस्न्यातले भने, ‘यस सेवामार्फत् यात्रालाई अझ व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य लिइएको छ ।’

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ