पात्रो

रेडियो

समाचार खोजी

महालक्ष्मी विकास बैंकले ७.९९ प्रतिशतमै घर कर्जा प्रदान गर्ने

साझा अर्थ संवाददाता २८ चैत २०८१, बिहिवार

 

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष ०८२ को अवसरमा ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ।

नयाँ वर्षको अवसरमा बैंकिङ क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर कायम रहने गरी ग्राहकहरूलाई घर खरिद गर्न/निर्माण गर्न /पुनर्निर्माण गर्न तथा अपार्टमेन्ट खरिद गर्न बैंकले यस्तो कर्जा प्रदान गर्नेछ।

यस्तो कर्जा वातावरणीय विशेषता पुष्टि गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरूको प्रयोग गरिएको हुनुपर्ने बैंकले जनाएको छ। यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रवर्द्धन गर्न तथा नेपाल राष्ट्र बैंकको नियामकीय निर्देशनको पालना गर्नसमेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराइरहेको यस बैंकले हालै मात्र भारतको प्रतिष्ठित म्यागजिन 'बिजनेस कनेक्ट'बाट ग्राहककेन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ भने मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ