पात्रो

रेडियो

समाचार खोजी

नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी

साझा अर्थ संवाददाता २८ चैत २०८१, बिहिवार

नेपाल बार एसोसिएसनको अध्यक्षमा कांग्रेस(एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा. विजयप्रसाद मिश्र विजयी भएका छन् । उनले पाँच हजार ०५२ मत प्राप्त गर्दा  माओवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६२१ मत मात्रै ल्याएका छन् । त्यस्तै महासचिवनमा पनि गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला चार हजार ८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत पाए ।

अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् । कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बू, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । यसैगरी, महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता