पात्रो

रेडियो

समाचार खोजी

कोशी प्रदेशका नीजि क्षेत्रले अर्थमन्त्रीलाई दिए बजेटमा सुझाव

साझा अर्थ संवाददाता २८ चैत २०८१, बिहिवार

आगामी आर्थिक वर्षको बजेटमा उद्योग–व्यवसाय क्षेत्रको उत्थानका लागि समेट्नुपर्ने विषयका बारेमा कोशी प्रदेशका व्यवसायीहरूले अर्थमन्त्री विष्णु पौडेललाई सुझाव पेस गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठसहितको प्रनितिधिमण्डलले व्यावसायिक क्षेत्रले भोग्दै आएका समस्यालाई गम्भीरतापूर्वक लिँदै आगामी बजेटमा सम्बोधन गर्न अर्थमन्त्रीलाई आग्रह गरेका हुन् ।

संगठनका अध्यक्ष सुरानाले उद्योग प्रतिष्ठानले अहिले ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रसारणलाइनजस्ता पूर्वाधारमा लगानी विस्तार गर्न र जलाशययुक्त आयोजनामा सम्पूर्ण लगानी फोकस गर्न अनुरोध गरे । ‘व्यावसायिक विश्वासको वातावरण बनाउन राज्यले उद्योगी व्यवसायीहरूलाई भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदानजस्ता रकम विलम्ब नगरी भुक्तानी गर्नुपर्छ,’ उनले भने, ‘साथै, नीतिगत स्थिरता कायम गर्न, खुला सिमाना नियमन गर्न, र उधारो कारोबारको नियमन र व्यवस्थापनका लागि स्पष्ट कानुन ल्याउनुपर्छ ।’

अध्यक्ष सुरानाले कतिपय उद्योगको कच्चा पदार्थ र तयारी वस्तुबिच भन्सारदरको फरक तीन तहको रहेको र कतिपयमा एक तह रहेको बताउँदै सबै प्रकृतिको उद्योगलाई एकै प्रकारको दर कायम गर्न अनुरोध गरे । यस्तै, मोरङ उद्योग व्यापार संघका अध्यक्ष राठीले अहिलेको आर्थिक सुस्तता, निराशालाई सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरे । 

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ