काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिनामा १० अर्ब ४५ करोड ६८ लाख रुपैयाँको विद्युत भारतमा निर्यात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ५५ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा नेपालबाट भारतमा १३ अर्ब १ करोड ३७ लाख रुपैयाँमा विद्युत निर्यात भएको थियो ।
नेपालका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण विद्युत निर्यातमा कमी आएको विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारको भनाई छ ।
असोज ११ गतेको पहिरोले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा आंशिक्ष क्षति हुँदा विद्युत उत्पादन ८८ दिनपछि मात्रै भयो ।
त्यसको असर विद्युत बिक्रीबाट हुने आयमा देखिएको हो ।
साझा अर्थ संवाददाता