पात्रो

रेडियो

समाचार खोजी

म्यानमारका भूकम्पपीडितलाई महासंघद्वारा राहत हस्तान्तरण

साझा अर्थ संवाददाता २७ चैत २०८१, बुधवार

 

नेपाल उद्योग वाणिज्य महासंघले म्यानमारका भूकम्पपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । महासंघका विपत् व्यवस्थापन समितिका सभापति भक्त हमालले गृह मन्त्रालयका प्रतिनिधिमार्फत राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

महासंघले म्यानमारका भूकम्पपीडितलाई राहतस्वरूप चामल, मुसुरो दाल, भाँडाकुँडाको सेट, मस्क्युटो नेट, ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, ब्यान्डेज, इलास्टिक एडजस्टेबल ब्यान्ड तथा पेपर टेपलगायतका सामग्री प्रदान गरेको हमालले जानकारी दिए ।  

सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघले देशभित्र र बाहिर हुने प्राकृतिक विपत्तिका घटनाहरूमा राहत सामग्री वितरण गर्दै आइरहेकामा पछिल्लोपटक म्यानमारका लागि यो सामग्री हस्तान्तरण गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

१५ चैत ०८१ (२८ मार्च २०२५) मा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठुलो क्षति पु¥याएको छ । त्यसलगत्तै २१ चैतमा परराष्ट्र मन्त्रालयमा बसेको बैठकअनुसार म्यानमारमा भूकम्पपीडितका लागि राहत पठाउने निर्णय भएको थियो 

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ