पात्रो

रेडियो

समाचार खोजी

चार कम्पनीको ७३ लाखभन्दा बढी बोनश शेयर नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा  आज चार कम्पनीको ७३ लाख १४ हजार ५ सय ८.८१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोषले शेयरधनीहरुलाई दिएको  प्रतिशत बोनस बापतको ४२ लाख ४० हजार ३ सय ७२ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस बापतको १८ लाख ८६ हजार ५ सय २६.४६ कित्ता शेयर सूचीकृत भएको छ । कालीका लघुवित्तको ९.५० प्रतिशत बोनस बापतको ३ लाख ५३ हजार ७ सय ५.६५२४ कित्ता र  राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ८ लाख ३३ हजार ९ सय ४।७० कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।  
 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता